Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मदन शाह राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

२०७८ पुस २०
tribeni2

रुकुम पूर्व / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वका नेता केशवचन्द्र समाल (मदन शाह) पार्टीकाे केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित हुनुभएको छ । आज पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँसँगै ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको हो ।

लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित लगायतलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्यसमितिमा मनोनयन गरिएको छ । विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको बताईएको छ ।

राप्रपा रुकुम पूर्वका अध्यक्ष सुधिर बिक्रम शाहले नवनिर्वाचित पार्टी अध्यक्षले दुर्गम जिल्लाका पार्टी कार्यकर्तार्का, युवा पुस्ता समेतलाई समेटेर रुकुम पूर्वबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउनुभएकोमा धन्यबाद व्यक्त गर्नुभयो । शाहले कार्यकर्ताहरुको मनोभावनाको सम्मान भएको उल्लेख गर्नुभयो ।

राप्रपाको विधानमा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । यस्तो छ मनोनित केन्द्रिय सदस्यहरुको सूची–

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्