Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा शिक्षकहरुको कार्यशाला

tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरपालिका भित्रका सामुदायिक विद्यालयका तीन विषयका शिक्षकहरुको कार्यशाला आज देखि हुने भएको छ ।

चौरजहारी नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको पुस सात गतेको बैठकको निर्णय अनुसार आज पुस २१ गतेदेखि नगर सभा हलमा अंग्रेजी ,गणित र विज्ञान विषयका शिक्षकहरुको कार्यशाला हुने नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओलीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार २१ गते गणित, २२ गते विज्ञान र २३ गते अंग्रेजी शिक्षकहरुको कार्यशाला हुदैछ ।

फरक फरक दिनमा फरक फरक विषयको नयाँ नयाँ तरिकाबाट शिक्षण सिकाइ क्रियाकलाप प्रस्तुति हुने भएकोले कार्यशालामा अनिवार्य उपस्थिति हुन विषयगत शिक्षकहरुलाई शाखा प्रमुख ओलीले सूचना गर्नुभएको छ।

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्