Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सडककाे सुविधाले अर्थतन्त्र बलियो बनाउन सक्नुपर्छ : कमला रोका

अब दादिङसम्म गाडि सरर ...
२०७८ पुस २१
tribeni2

रुकुम पूर्व / पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य कमला रोकाले सडक सञ्जालमा जोडिएका क्षेत्रहरुले बलियो अर्थतन्त्रको लागि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभएको छ ।

आज रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ मा निर्माण गरिएको तल्लोदादिङ - कालेगैरा सडकको उद्घाटन गर्नुहुदै रोकाले ग्रामीण स्तरमा सडक पुग्दा विकास निर्माणका अन्य कार्यले थप प्राथमिकता पाउने जनाउनुभयो ।

सडक उद्धघाटन कार्यक्रममा बोल्नुहुदै प्रतिनिधि सभा सदस्य रोकाले रुकुमकोटदेखि दादीङ सम्मको यो सडक र अन्य ठाउँसम्मका सडकबाट स्थानीयवासीले सुबिधा पाउने विश्वास व्यक्त गर्नुभयो । 'अब सडक विस्तार तर्फ ध्यान दिनुपर्छ,' उहाँले भन्नुभयो 'उत्पादन बृद्धि गर्ने र आत्मनिर्भरताको बाटोमा लागेर सडक सन्जालबाट लाभ लिनुपर्छ, सडक सुविधाबाट अर्थतन्त्रलाइ बलियो बनाउने तर्फ सबैले ध्यान दिनुपर्छ ।'

कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले सिङ्गो गाउँपालिकाका विकासको पहलकदमी लिइराखेकोले हरेक सेवा सुविधा सहज बनाउन लागिपरेको जानकारी दिनुभयो । नागरिकको सहजताको लागि आफूहरु प्रतिबद्द भएर लागिराखेको अध्यक्ष बरालले बताउनुभयो ।

वडाध्यक्ष दलराज घर्तीको अध्यक्षतामा भएको सडक उद्घाटन कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्धन बुढा, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, सिस्ने १ का वडाध्यक्ष मानबादुर बुढा लगायत विभिन्न राजनितिक दलका प्रमुख एम्व प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्