सानीभेरीमा धमाधम सडक स्तरोन्नती

  • गोपालसिं खड्का

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका केन्द्र जोड्नलाई खनिएका सडकहरुमा यातायातका साधन चलाउन अप्ठ्यारो भएको गुनासो आएपछि गाउँपालिकाले स्तरोननतीको काम सुरु गरेको छ । गाउँपालिकाको वडा नम्वर ८ ले सडकको स्तरोन्नतीको कामलाई अघि बढाएको हो ।

अहिले गाउँपालिकाको केन्द्र रहेको सिम्ली देखि टाकुरा - तल्लो आमडाँडा हुँदै विप्पे सानीभेरी गाउँपालिकाकाे १० नम्वर वडाको सिमाना सम्म सडकको साघुँरो भागलाई फराकिलो बनाउने र घुम्तीहरु ब्यवस्थित गर्ने काम सुरु गरिएको वडा नम्वर ८ का वडा अध्यक्ष शसिराम बुढाथोकीले जानकारी दिनुभयो।

वडा अध्यक्ष बुढाथोकीका अनुसार कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र सानीभेरी गाउँपालिकाको प्राविधिक सहयोग तथा सहजीकरणमा सडक स्तरोननतीको काम सुरु भएको हो । प्रदेश सरकारबाट बिनियोजित १५ लाख बजेटबाट उक्त काम सञ्चालन गरिएको बताईएको छ ।

सडक स्तरोन्नतीपछि गाँपालिकाको केन्द्र, चौरजहारी आउजाउमा सहजता हुनुका साथै खाद्यन्न र अन्य सामान ढुवानीमा स्थानीयहरुलाई सहज हुने बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्