Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पश्चिमको अध्यक्षमा ओली र शाहको नाम चर्चामा (यी हुन् पदाधिकारीमा आकांक्षि)

tribeni2

रुकुम पश्चिम / भोलि शुक्रबारका दिन नेकपा एमाले रुकुम पश्चिमको आठौ जिल्ला अधिवेशन हुदैछ । अधिवेशनले एमाले रुकुम पश्चिमको नयाँ कमिटि चयन गर्नेछ ।

एमाले विभाजन भएर नेकपा (एकिकृत समाजवादी) बनेपछि पहिलोपटक हुन लागेको जिल्ला अधिवेशन र आउने नेतृत्व बारेमा सबैतिर चासो गरिएको छ ।

अधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ भने कार्यसमितिको १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान छ । चार जना पदाधिकारी, १ जना आर्थिक विभाग प्रमुख र सदस्यहरु अधिवेशनले चयन गर्ने बताईएको छ ।

नयाँ नेतृत्व छनौटको बिषयमा एमाले कार्यकर्ताहरु बिच विभिन्न व्यक्तिहरु छनौट हुन थालेका छन् । हालसम्म नेकपा एमाले जिल्ला अधिवेशन आयोजक समितिका संयोजक टंकप्रसाद ओली र कर्णाली प्रदेश कमिटि सदस्य नारायण कुमार शाह बिच अध्यक्ष पदका लागि प्रतिश्पर्धा हुने देखिएको छ । यद्यपि सहमति मार्फत नेतृत्व चयन हुनुपर्ने कुरामा प्रयास जारी राखिएको जनाईएको छ ।

उपाध्यक्ष पदको लागि ब्युझना पुन देवकोटा र मनबिर घर्तिको नाम आएको छ भने सचिव पदको लागि कर्णबहादुर ओली र शशिराम नेपालीको आकांक्षा रहेको बुझिएको छ । त्यसैगरी उप सचिव पदमा दिनेश चन्द, लालबहादुर बुढा र मिजास मल्लकाे नाम चर्चामा रहेकाे बताईएको छ ।

उपाध्यक्ष, सचिव र सह सचिव पदमा एक एक जना मात्रै रहने व्यबस्था छ । अधिवेशनबाट पालिकाहरुमा रहेका संगठित सदस्यहरुको संख्याको आधारमा जिल्ला सदस्यहरु चयन हुनेछन् ।

यस अघि प्रमुख अतिथिको रुपमा आउने पक्का गरिएका पोलिटव्युरो सदस्य खेममान खड्का कारणवश आउन नसक्ने बताईएको छ । पार्टीका केन्द्रीय सदस्य तिर्था गौतम र चन्द्रबहादुर विश्वकर्मा लगायतका अतिथिहरुको उपस्थिति रहने प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्