Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महेन्द्र माबिमा पहिलो पटक स्मार्ट बोर्ड मार्फत पढाई सुरु

tribeni2

रुकुम पश्चिम / जिल्लाको एक बिद्यालयले पहिलोपटक स्मार्ट बोर्ड मार्फत बिद्यार्थीहरुलाई पढाउन सुरु गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं १३ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयले विद्यार्थीहरुलाई स्मार्ट बोर्डबाट पढाउन थालेको हो । गुणस्तरिय शैक्षिक वातावरण र नतिजा सुधारका लागि बिद्यालयले पहिलो पटक स्मार्ट बोर्ड मार्फत पढाउन थालेको जानकारी दिएको छ ।

स्मार्ट बोर्डबाट पढाई हुन थालेपछि विद्यार्थीहरुको सिक्ने क्षमता पनि बढेको विद्यालयका सहायक प्रधानाध्यापक सुधिर कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्मार्ट बोर्डमा रंगिन चित्र तथा रंगिन अक्षर हुने भएकाले विद्यार्थीहरुले पढ्नमा अभिरुचि देखाएका छन् ।

स्मार्ट बोर्डमा पूराना पढाई भएका कुराहरु पनि सुरक्षित तरिकाले राख्न सकिन्छ । शिक्षकले आफ्नो पेनड्राइभबाट समेत विद्यार्थीलाई पढाउन सक्छन् । स्मार्ट बोर्डबाट पढाई हुन थालेपछि छिटो छरिटो हुने गरेको छ ।

शिक्षकले चक, डस्टर र मार्करको समेत प्रयोग गर्नुपर्दैन । अहिले कक्षा ९ र १० तथा ३ वर्षे आइएस्सीएजीका विद्यार्थीहरुलाई स्मार्ट बोर्डबाट पढाउने गरिन्छ । हाल तीन ओटा स्मार्ट बोर्ड जडान गरिएको छ ।

आगामी दिनमा थप कक्षाहरुमा पनि स्मार्ट बोर्डको व्यवस्था गर्ने पहल भइरहेको सहायक प्रधानाध्यापक केसीले जानकारी दिनुभयो । १४ लाख रुपैयाँ लगानीमा ती स्मार्ट बोर्ड स्थापना गरिएको हो ।

सो रकम सीटीइभीटी अन्तर्गत इभेन्ट परियोजनाको आर्थिक सहयोगमा स्मार्ट बोर्ड जडान गरिएको हो । स्मार्ट बोर्डमा इन्टरनेटबाट समेत सिधै पढाउन सकिने सहायक प्रधानाध्यापक केसीले जानकारी दिनुभयो ।

विद्यालय परिसरमा सूचना तथा सन्देशमुलक जानकारी दिनका लागि डिजिटल बोर्ड समेत राखिएको छ । विद्यालयमा कुल एक हजार दुई सय जना विद्यार्थी रहेका छन् । सो विद्यालय नेपाल सरकारबाट यसअघि नै नमुना विद्यालयको रुपमा घोषणा भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्