Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले माग्यो आवेदन

काठमाडौं २६ फागुन
tribeni2

सरकारले न्युनतम एक सय दिने रोजगारी कार्यक्रममा सहभागी हुन चाहनेहरुसँग आवेदन माग गरेको छ । रोजगारीको हकसम्बन्धी अधिकार कार्यन्वयनका लागि बेरोजगारहरुसँग आवेदन माग गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि रोजगारी दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले सार्वजनिक सूचना आह्वान गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिनेगरी बजेट विनीयोजन गरे पनि निवेदन भने आगामी आर्थिक वर्षका लागि माग गरिएको छ ।

प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत सार्वजनिक सेवामा कम्तीमा एकसय दिन रोजगारीको लागि इच्छुक बरोजगार व्यक्तिले चैत महिनाभित्र निवेदन दिनु पर्नेछ । स्थानीय तहको वडा कार्यलयमा निवेदन दिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्रकियामा जानेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २३:०३
प्रतिक्रिया दिनुहोस्