Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भीरबाट लडेर एक पुरुषको मृत्यु

tribeni2

जाजरकोट / भीरबाट लडेर जाजरकोटमा एक पुरुषकोे मृत्यु भएको छ ।

शुक्रबार दिउँसो जाजरकोटको नलगाड नगरपालिका–४ कोठीगाँउका ७९ वर्षीय पलबहादुर रावलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नलगाड–४ मा पर्ने बाउसेखोला स्थित कोलतीको मोडमा भिरबाट लडेर रावलको मृत्यु भएको हो ।

उक्त खबर स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएर अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्