Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तुलसीपुरका विद्यालय नौ दिनलाई बन्द

tribeni2

दाङ / दांगको तुलसीपुर क्षेत्रका सामुदायीक र संस्थागत बिद्यालय नौ दिनलाई बन्द हुने भएका छन् । शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढेपछि दाङको तुलसीपुरका विद्यालय बन्द हुने भएका हुन् ।
आज तुलसीपुर उपमहानगरपालिकाले एक सूचना प्रकाशन गरेर यही पुस २५ गते आइतवारदेखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमण बढेपछि यसअघि नै मावि अश्वारा, गुरु जजुर मावि रक्षाचौर र मावि सेन्टर स्कुल तुलसीपुर बन्द भइसकेका छन् । गएको मङ्गलवार र विहीवार गरिएको परीक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी पाँच वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपानेको सहभागिता थियो । यस्तै विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता रहेको थियो ।

तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्