Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा स्वास्थ्य नीति निर्माणको लागि सहयोग गर्न अनुरोध

२०७८ पुस २३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा स्वास्थ्य ऐन तथा नीति निर्माण गर्ने भएको छ । नीति निर्माणमा सहजिकरणको लागि एक कार्यदल समेत गठन गरिएको छ ।

गाउँपालिकाले सामाजिक विकास समिति संयोजक भद्रि थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

आज सम्पन्न गाउँकार्यपालिकाको बैठकले कार्यदलमा आवश्यकताको आधारमा अन्य विज्ञलाई थप गर्न सकिने निर्णय गरेको प्रवक्ता जीवन केसीले जानकारी दिनुभयो ।

प्रवक्ता केसीका अनुसार गाउँपालिकाको स्वास्थ्य नीति निर्माणमा नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमलाई आर्थिक सहयोगको लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्