Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राउटे बस्ती पुगेर मन्त्री झाँक्रिले भन्नुभयो- 'बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्छौ', राउटेले भने -'पहिला बास पाउँ'

tribeni2
  • इन्द्र बुढाथोकी

शुक्रबार सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नं ४ कालिखोलाको भेरिनदिको किनारमा बस्दै आएका राउटेहरु सामु शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रस्ताव गर्नुभयो, 'तपाईहरुको आवास, शिक्षा र स्वास्थ्यको व्यबस्थापन गर्छौ ।' तर, राउटेहरुले भने, 'हामीलाई बास भए पुग्छ ।'

नेकपा (एकिकृत समाजवादी)का उप-महासचिव प्रकास ज्वाला सहित राउटे बस्ती जानुभएकी मन्त्री झाँक्रीले कठ्याङग्रिदो चिसोमा भेरी नदिको सिरेठो समेत सामना गरिरहेका राउटेहरु सामु प्रतिबद्धता जनाउनुभयो, 'तपाईहरुको लागि सरकारले काठको फोल्डिङ वाला घर निर्माण गरिदिनेछ ।'

चिसोले बिरामी समेत भएका राउटेहरु मन्त्री झाँक्रिको आश्वासन सुनेर खुशि भएका छन् । मन्त्री झाँक्रीले राखेका तीन प्रस्ताव मध्य बास व्यबस्थापन पहिलो प्राथमिकता दिएर काम गर्ने जनाउनुभएको छ ।

उहाँले क्रमश वालवालिकाको पठन पाठनको लागि शिक्षक र स्वास्थ्य सुविधाको समेत व्यवस्थापन गर्ने उल्लेख गर्नुभएको छ । घर भने तत्काल सुरु गरिने भएको छ । चिसोबाट जोगिन ६५ वटा बलाङकेट दिएर उहाँ फर्कनु भएको छ ।

राउटेहरुको व्यवस्थापन अब राज्यले लिने र त्यसको लागि उनिहरुलाइ शारीरिक तथा मानसिक रुपले जनचेतना वढाउने तर्फ सरकारले कदम थाल्ने जनाएको छ । प्राविधिक सहितको टोलि लिएर मन्त्री झँक्रि राउटे वस्ति पुग्नुभएको थियो ।

राउटे समुदायले मन्त्री झाँक्रिलाई उपहार स्वरुप आफुले निर्माण गरेको काठका केहि उपहार प्रदान गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्