Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने एकेडेमीद्वारा सोलावाङमा सरसफाई

tribeni2

रुकुम पश्चिम / सिस्ने एकेडेमी प्रा.लि.ले शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ४ को सोलावाङ बजारमा सरसफाई सँगै जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमीको बार्षिक कार्यतालिका तथा ३१ औ प्याब्सन दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको सिस्ने एकेडेमीका प्रबन्ध निर्देशक एवम् प्याब्सन रुकुम पश्चिमका जिल्ला अध्यक्ष बिमल कुमार शर्माले बताउनुभयो ।

अध्यक्ष शर्माका अनुसार 'हाम्रो शहर सफा बनाउने रहर' भन्ने नाराका साथ सोलावाङ, नयाँ नमुना बजार परिसर सरसफाइ गरी जनचेतनामुलक कार्यक्रम गरिएको हो । सचेतना पनि हुने र सरसफाई पनि हुने भएकोले यस्तो कार्यक्रम गरिएको बताईएको छ ।

एकेडेमीले सरसफाइ कार्यमा सहभागी हुने शिक्षक, विद्यार्थी, अभिभावक तथा सोलावाङ प्रहरी चौकीलाइ धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्