Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खानेपानी बनाउन बजेट माग

tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / रुकुम पश्चिममा एक लिप्टिङ खानेपानी आयोजनाको आम भेला सम्पन्न भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर १४ नाउली र त्रिवेणी गाउँपालिकाको नुवाकोट डाँडाका विभिन्न ठाउँमा सञ्चालन भएको कालाखोला घोर्लेगोठ नुवाकोटडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आम भेला शुक्रबारका दिन सम्पन्न भएको हो।

अध्यक्ष गोपी पुनको अध्यक्षतामा बसेको भेलाले खानेपानी नियमित र व्यवस्थित गराउन उपभोक्ताहरुले मासिक उठाउने शुल्क अनिवार्य दिईरहेको र कोहि कसैबाट अटेरी भए कार्बाहीको दायरा बढाउने समेत निर्णय गरेको छ ।

भेलाले खानेपानी मर्मत सम्भारका लागि चौरजहारी नगरपालिका तथा त्रिवेणी गाउँपालिकामा थप बजेट माग गरेर मर्मत गर्न अध्यक्ष पुन र सचिव सन्तोष ओलीलाई पठाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्