सोसल मिडिया
सल्यान / सल्यान जिल्लाको दार्मा गाउँपालिकामा 'पाठ्यक्रम सर्वेक्षण कार्यक्रम' सम्पन्न भएको छ ।
प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको आयोजनामा पाठ्यक्रम विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको सहयोग र दार्मा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा पाठ्यक्रम प्रभावकारिता सर्वेक्षण गरिएको हो ।
सर्वेक्षणमा दार्मा गाउँपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयका १४ जना शिक्षकहरूको सहभागिता रहेको थियो । शैक्षिक सत्र २०७७ मा एकिकृत पाठ्यक्रममा आधारित १० दिने तालिम लिइ कक्षा १ मा शिक्षण गरिरहेका शिक्षकहरूलाई पाठ्यक्रम प्रभावकारिता सर्वेक्षणमा सहभागिताको अवसर प्रदान गरिएको थियो ।
पुस २१ र २२ गते सञ्चालित कार्यक्रममा पाठ्क्रम कार्यान्वयन सर्वेक्षण, एकिकृत पाठ्यक्रम, संज्ञानात्मक क्षेत्र, सर्वेक्षण पक्षका बारेमा समेत प्रशिक्षित गरिएको थियो । तोकिएका विषयवस्तुमा आधारित भई कार्यान्वयन अवस्था सर्वेक्षण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण प्रारम्भिक कक्षा पढाइ कार्यक्रम काठमाडौं कार्यालयका विरेन्द्र दास, क्षेत्रीय कार्यालय नेपालगञ्जका दामोदर पंगेनी र सल्यान जिल्ला संयोजक पुरुषोत्तम गिरीले गर्नुभएको थियो ।
प्रभावकारिता आँकलनको लागि दार्मा गाउँपालिका छनोट गर्ने शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका साथै प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई शिक्षा ,युवा तथ खेलकुल शाखा दार्मा गाउँपालिकाले विशेष आभारसहित धन्यवाद ज्ञापन गरेको शाखा अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभएको छ।