Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
भोकमरीको त्रास

जनतालाई भोकमरीबाट जोगाउन चामल माग

बिभिन्न आठ बिधेयक गाउँ सभामा पेश गरिने
२०७८ पुस २३
tribeni2

रुकुम पूर्व / जिल्लाको दुर्गम मानिने सिस्ने गाउँपालिका वडा नम्बर १ का जनतालाई भोकमरीबाट जोगाउन समयमै चामल ढुवानीको माग गरिएको छ ।

शुक्रबार सम्पन्न सिस्ने गाउँकार्यपालिकाको बैठकले अनुदान वापत प्राप्त ५ सय ४ क्विन्टल चामल समयमै ढुवानी गर्न नेपाल खाद्य संस्थानलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष जिवन केसीले बैठकले सघन शहरी तथा भवन निर्माण आयोजना दाङबाट रुकुमकोटमा निर्माणाधिन सभाहललाई सार्वजनिक प्रकृतीको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धि मापदण्ड २०७७ अनुसार २० रोपनी जग्गा ३० वर्षको लागि उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

बैठकले निजी जग्गाको ढुङ्गा गिट्टी, बालुवा, माटो आदी उत्खनन् संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धि कार्यविधी, २०७८ र नारी बचत कार्यक्रम संचालन कार्यविधि २०७८ स्विकृत गरेको केसीले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यपालिका बैठकले खानेपानी तथा सरसफई र स्वच्छता विधेयक २०७८, भूमि विधेयक २०७८, कृषि तथा पशुपन्छि विधेयक २०७८, वन व्यवस्थापन विधेयक २०७८, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ र बाल अधिकार संरक्षण तथा संवद्र्धन कार्यविधि २०७८ गाउँसभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्