Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निजामती कर्मचारी युनियनको अध्यक्षमा देवबहादुर

tribeni2

रुकुम पश्चिम / नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा देवबहादुर ओली चयन हुनु भएको छ ।

शनिबार मुसिकोटमा सम्पन्न युनियनको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओलीसँगै जिल्ला कार्यसमितिको सबै पदहरुमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।

युनियनको उपाध्यक्षमा यामबहादुर केसी (खुला), दिपलाल कुँवर (समावेशी), भिमा खड्का (महिला), सचिवमा छबिलाल खड्का, सह सचिवमा बेदबहादुर बिष्ट र र कोषाध्यक्षमा कल्पना शाही निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा राजेन्द्र ओली, प्रेमप्रकाश खड्का, गीता बिसी, लिला शर्मा र लक्ष्मी खड्का ओली चयन हुनुभएको छ । त्यसैगरी राजेन्द्र बिसी, कर्णबहादुर ओली, डिल्लीबहादुर ओली, झुपबहादुर केसी र मंगला रोका सदस्यमा चयन हुनुभएको छ ।

केन्द्रिय प्रतिनिधिमा धरणीधर केसी, गोपाल शर्मा, लक्ष्मण बिक र ललितजंग खड्का चयन हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता रत्नबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्