Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज देखि मुसिकोटमा यमाहाको एक्सचेन्ज अफर सुरु

मूल्यांकनमा १० हजार थप, नयाँ लिएमा ७ हजार छुट
२०७८ पुस २५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा रहेको यमाहाको आधिकारीक डिलरमा आजदेखि यमाहा एक्सचेन्ज अफर सुरु भएको छ । मुसिकोट नगरपालिकाको वडा नम्वर १ बागबजारमा रहेको मुनामदन वर्कसपमा एक्सचेन्ज अफर सुरु भएको हो ।

अफर यहि पुस ३० गते सम्म चल्ने मुना मदन वर्क शपमा सञ्चालक आकाश रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो मोटरसाईकल तथा स्कुटर दिएर नयाँ मोटरसाईकल तथा स्कुटर लिन चाहनेहरुलाई लक्षित गरेर एक्सचेन्ज अफर सुरु भएको हो ।

सञ्चालक रोकाले जुनसुकै कम्पनिको मोटरसाइकल दिएर यमाहाका मोटरसाइकल तथा स्कुटर लिन पाईने बताउँनुभयो । उहाँका अनुसार बजार मुल्यांकन भएको मुल्यमा १० हजार थप गरिने छ । त्यसैगरी नयाँ मोटरसाईकल तथा स्कुटि किन्न चाहनेहरुको लागि नगद रकममा सात हजार छुट गरिएको छ ।

हालै मात्र मुनामदन वर्कसपमा यमाहाका नयाँ मोडेलका मोटरसाईकल र स्कुटर ल्याईएको जनाईएको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्