तारा प्रसाद ओली

नेपालका सरकारी कर्मचारीहरु कोही काम गर्न नचाहेर काम नगर्ने रहेछन्, कोही नसकेर काम नगर्ने रहेछन्, कोही नजानेर नगर्ने रहेछन् । कोही powerful भएर शक्तिको आडमा काम नगर्ने रहेछन्, कोही Power Less भएकोले विरक्त भएर काम नगर्ने रहेछन् । कोही सुविधाको भारीले थिचिदा मात्तिएर काम नगर्ने रहेछन्, कोही सुविधाको स नदेख्दा आत्तिएर काम नगर्ने रहेछन् । कोही वृत्ति विकासको मात्र चिन्ता लिएर पढाइको व्यस्तताले काम नगर्ने रहेछन्, कोही पैसा मात्र कमाउने चटारोले काम नगर्ने रहेछन् । पढ्न र पैसा कमाउन दुवै नसक्नेहरु निराश भएर काम नगर्ने रहेछन् । कोही जोखिम लिने हिम्मत नभएर काम नगर्ने रहेछन्, कोहीचुनौतीपूर्ण जिम्मेवारी नपाएर काम नगर्ने रहेछन् । कारण जे सुकै भए पनि अपवाद बाहेक हामी अधिकांश कर्मचारी काम चोर र बेइमान रहेछौं । आयोग लडेर आएको अहंकार भएकोले सानातिना कुरै नगर्ने हाम्रो प्रवृत्ति र चरित्र रहेछ । सानोतिनो उपचारले नेपालको कर्मचारीतन्त्रमा सुधार आउने मैले देखिन ।

- तारा प्रसाद ओलीको फेसबुकबाट

 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र केसी
२०७८ पुस २५

एसपी ढकाल
२०७८ पुस २५