Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

झुल्नेटामा कार्यरत प्रहरी हवल्दारको निधन

tribeni2

रुकुम पश्चिम स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट झुल्नेटामा कार्यरत ३७ वर्षका प्रहरी हवल्दार रामजी खत्रीको निधन भएको छ ।

मुसीकोट नगरपालिका वडा नं २ राउखेत निवासी खत्रि पुस २३ गते डिउटीमा रहेको बेला एक्कासी पेट दुखेपछि उहाँ बिरामी पर्नुभएको थियो । प्रहरी हवल्दार खत्रीलाई सोहि बेला नै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।

एक जना प्रहरी जवानको साथमा परिवारसँगै तत्काल राति नै उपचारका लागि नेपालञ्ज पु¥याएको तर आज आईतबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँ अस्थायी ट्राफिक प्रहरी पोष्ट झुल्नेटाका इन्चार्ज समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्