Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुधिर र सुर्यद्वारा निशुल्क पाँच सय मास्क वितरण

tribeni2

रुकुम पश्चिम / आईतबार बिहान राप्रपा रुकुम पूर्वका जिल्ला अध्यक्ष सुधिर बिक्रम शाह र नेपाली काँग्रेस रुकुम पश्चिमको मुसिकोट नगर समितिका सचिव सुर्य प्रकाश शर्माले खलंगा बजारमा निशुल्क मास्क वितरण गर्नुभएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा ओमिक्रोन भेरियण्टको संक्रमण देशभर बढिरहेको खबरपछि सर्वसाधरणलाई सचेत बनाउन निशुल्क मास्क बाँडिएको शाह  र शर्माले बताउनुभएको छ ।

'समयमै सावधानी जरुरी छ,' व्यक्तिगत लगानीमा मास्क वितरणपछि शाहले भन्नुभयो -'सुरक्षाका उपाय अपनाउन छाडिसकेकोले मान्छेहरु सजक गराउन जरुरी छ । हामीले कोरोना बिरुद्ध सचेतना बढाउन र सकारात्मक सन्देश दिन निशुल्क मास्क बाँडेका हौ ।'

'संक्रमणदर फैलिसकेपछि भन्दा बेलैमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्छ' मुसिकोट नगर सचिव शर्माले भन्नुभयो -'सरकारले समेत बेलैमा सचेतनाका कार्यक्रम ल्याउन जरुरी छ ।'

आज बिहान बजारमा विना मास्क हिडिरहेकालाई पाँच सय मास्क वितरण गरिएको राप्रपा रुकुम पूर्वका अध्यक्ष शाहले जानकारी दिनुभयो । शाह र अधिकारी शर्मा दुबैजनाले तपाइको मास्क खोई लेखिएको पर्चा समेत वितरण गर्नुभएको छ ।

आगामी दिनमा अन्य परोपकारी र सहयोगी मनहरुलाई यस अभियानमा जोडेर यस्ता सचेनामुलक कामलाई निरन्तरता दिने शाहले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्