Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्याङ्सी खोलाको झोलुङ्गे पुलबाट मान्छे खस्ने डर

पुल मर्मतका लागि सरोकारवालाको बेवास्ता
२०७८ पुस २५
tribeni2

रुकुम पूर्व / जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएर जिर्ण बनेको एक बर्ष सात महिना भयो । सर्वसाधारणहरु त्यहि पुलबाट जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् । तर, सरोकारवालालाई निकाय पुल मर्मतको लागि वास्तै छैन ।

गत वषर्को जेठ महिनामा खाबाङबगर–क्याङ्सी- झुम्लाबाङ– राङ्सी सडक निर्माणको क्रममा क्रममा माथिबाट आएको ढुङ्गाले झोलुङ्गेमा क्षति भएकाे थियो ।

झोलुङ्गे पुल भत्किएको लामो समय बितिसक्दा पनि मर्मत हुन सकेको छैन । पुलको एकापट्टिको मुख्य तार र जालि छैन । बिच बिचको भागमा चुडिएको छ । तरपनि स्थानीयबासी र माध्यमिक बिद्यालय सिमा पढ्न जाने विद्यार्थीले जोखिम मोलेर वारपार गरिरहेका छन् ।

पुलमा हिड्ने क्रममा एक पट्टीको जाली नहुँदा खस्ने हो कि भने डरडरमै वारपार गर्नु पर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । पुल मर्मतका लागि पटक पटक माग गर्दा पनि स्थानीय सरकार र सडक मर्मत गर्ने क्रममा क्षति पु¥याउने ठेकेदार वेखबर रहेको गुनासो स्थानीयको छ ।

वडाध्यक्ष दिलमान रोका मगरले आफूले वडाको तर्फबाट पुलमा क्षति पु¥याउने ठेकेदारका साथै गाउँपालिका, जिल्ला समन्वय समिति र सडक पूर्वाधार कार्यालयमा पुल मर्मतको लागि निवेदन दिएको बताउनुभयो । तर उहाँको माग अहिले सम्म कहि कतैबाट सुनुवाइ भएको छैन ।

ब्रिटिसको कादुरी संस्थाले झोलुङ्गे पुल निर्माण गरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्