Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

इथियोपियन विमान दुर्घटना: एक नेपालीको मृत्यु

काठमाडौं २७ फागुन
tribeni2

इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुदाँ १ सय ५८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक नेपालीको पनि ज्यान गएको इथियोपियाका लागि नेपालका महावाणिज्यदूत राजेन्द्र गिरीले जानकारी  दिए ।

विमान दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रु र आठजना चालकदलका सदस्य रहेको विमान विमान दुर्घटना हुँदा १५८ जनाको मृत्यु भएको थियो।

इथियोपियन एयरलाइन्सले विमान दुर्घटना ३२ देशका नागरिकले ज्यान गुमाएको सामाजिक संजाल ट्विटरमार्फत जानकारी दिएको छ।

दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानेडेली, ९ जना इथियोपिन नागरिकको मृत्यु भएको एयरलाइन्सले जनाएको छ। त्यसैगरी मृत्यु हुनेमा चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ नागरिकरहेका छन।

बेलायत र फ्रान्सका सात–सात जना छन् भने इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार नागरिकको मृत्यु भएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ०८:०३
प्रतिक्रिया दिनुहोस्