Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पश्चिम : अध्यक्षमा देवकोटा सहित पदाधिकारी घोषणा, पदाधिकारीद्वारा नै पद अस्विकार

tribeni2

रुकुम पश्चिम / तीन दिन देखि पार्टी कार्यालय बागबजारमा जारी नेकपा एमाले रुकुम पश्चिमको आठौ जिल्ला अधिवेशनको बन्दसत्रबाट गठित अध्यक्ष मण्डलले जिल्ला पार्टी अध्यक्षमा नन्दराम देवकोटालाई घोषणा गरेको छ ।

अध्यक्ष मण्डलका तर्फबाट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएकी तिर्था गौतमले अध्यक्षमा देवकोटासँगै उपााध्यक्षमा नारायण कुमार शाह, सचिवमा टंकप्रसाद ओली र उप सचिवमा रचना मल्ल ओलीलाई घोषणा गर्नुभएको हो ।

तर अधिवेशन प्रतिनिधिहरुले यसरी घोषणा गरिएका पदाधिकारीहरु मान्य नहुने भन्दै नाराबाजि गरेका छन् । उपाध्यक्ष पदमा घोषणा गरिएका शाह र सचिव पदमा घोषणा गरिएका ओलीले नै उक्त पद मान्य नहुने बताएपछि अधिवेशन स्थलमा नाराबाजि भएको हो ।

शाह र ओली दुवै जनाले अध्यक्ष पदका लागि दाबी गरिरहनुभएको छ ।

पार्टी निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश खड्काका अनुसार केहि पालिकाहरुबाट घोषणा गरिएका पदाधिकारीमा बिरोध भएतापनि अधिकांश प्रतिनिधि र पालिकाबाट मान्य हुने अवस्था सिर्जना भएको छ । बन्दसत्रबाट बनाईएको अध्यक्ष मण्डलले घोषणा गरेको पदाधिकारीहरु नै मान्य हुने खड्काको भनाई छ ।

पदाधिकारीको विवाद साम्य भएपछि पालिका अनुसार सदस्य पदमा सहमति गरिने बताईएको छ । चर्को नाराबाजि र हात हालाहातको अवस्था आएपछि अहिले पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्