Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमको आठौ जिल्ला अधिवेशनबाट नन्दराम देवकोटालाई अध्यक्षमा चयन गरिएको छ । शुक्रबारबाट जारी आठौ जिल्ला अधिवेशनले बिभिन्न चरणको छलफल पश्चात आज देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी पदाधिकारी चयन गरेको हो ।

एमाले निकट अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश खड्काका अनुसार उपाध्यक्षमा मनबिर घर्ति र सचिवमा शशिराम नेपाली चयन हुनुभएको छ । त्यसैगरी उपसचिवमा रचना मल्ल ओली र गणेश सुनार चयन हुनुभएको छ ।

यस अघि अधिवेशनको बन्दसत्रबाट गठित अध्यक्ष मण्डलका तर्फबाट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएकी तिर्था गौतमले अध्यक्षमा देवकोटासँगै उपााध्यक्षमा नारायण कुमार शाह, सचिवमा टंकप्रसाद ओली र उप सचिवमा रचना मल्ल ओलीलाई प्रस्ताव गर्दा चर्को नाराबाजि भएको थिए । त्यसपछि भएको छलफलबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको अनेरास्ववियु जिल्ला अध्यक्ष खड्का जानकारी दिनभयो ।

विधान अनुसार ७५ सदस्यीय जिल्ला कमिटी अधिवेशनबाट चयन गरीएकाे छ । आर्थिक विभाग प्रमुख भने जिल्ला कमिटीकाे बैठकले चयन गर्ने जनाईएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्