Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोरोना संक्रमण बढ्दै : माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

tribeni2

काठमाण्डाै / कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हाे ।

यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

साथै बैठकले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । माघ ३ गतेदेखि सरकारी सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गर्ने, माघ ३ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाउने लगायतका निर्णयहरू बैठकले गरेको छ । 

सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्काे बैठकले पारित गरेपछि लागू हुनेछ । 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्