Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नन्दराम देवकोटा

स्थायी जागिर त्यागेर पार्टी अध्यक्षमा सर्वसम्मत

'राजनीतिमा रुपान्तरणका थुप्रै सम्भावनाहरु देखेको छु' : देवकोटा
२०७८ पुस २५
tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमको आठौ जिल्ला अधिवेशनबाट पार्टीको जिल्ला अध्यक्ष पदमा सर्वसम्मत चुनिनुभएका नन्दराम देवकोटाले स्थायी जागिर छोडेर पार्टी राजनीतिमा खुल्ला रुपमा आउनुभएको हो ।

यस अघि उहाँ श्री यमुनानन्द नमूना माध्यमिक बिद्यालयमा शिक्षण पेशामा कार्यरत हुनुहुन्थ्यो । शिक्षण पेशाबाट अवकाश पाउन करिब ३० महिना बाँकि रहँदा आजै राजीनामा दिएर उहाँ एमाले रुकुम पश्चिमको अध्यक्षमा चयन हुभएको छ ।

शिक्षक सेवा आयोगले २०६१ सालमा प्रकाशित परीक्षफल अनुसार उहाँले प्राथमिक तहकाे शिक्षकका रुपमा स्थायी जागिर सुरु गर्नुभएको थियो । उहाँ प्रावि तहको द्धितीय शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

२०५४ सालमा भएको स्थानीय निर्वाचनबाट उहाँ साबिकको बाफिकोटको गाविस अध्यक्षको निर्वाचित हुनुभएको थियो ।

शिक्षण पेसामा आवद्ध हुदा पनि निरन्तर शिक्षक संघको जिल्लाको जिम्मेवारी निर्वाह गर्दै केन्द्रिय उपाध्यक्ष सम्म भएका देवकोटा यतिबेला भने शिक्षण पेसाबाट राजिनामा लिएर खुल्ला राजनीतिमा आउनुभएको हो ।

देशको मूलनीति मानिएको राजनीतिमा रुपान्तरणका थुप्रै सम्भावनाहरु देखेकोले र आफ्नो सामाजिक योगदान राजनीति मार्फत प्रशस्त पार्न शिक्षण पेशा छोडेर खुला राजनीतिमा आएको उहाँले प्रतिक्रिया दिनुभएको छ ।

यहाँ वैचारिक, कुशल संगठक, साहसिक तथा प्रतिकुल परिस्थितिलाई अनुकुल पार्न सक्ने क्षमता बोकेको नेतृत्वको रुपमा चिनिनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्