Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुई पालिकाको सिमाना पिल्सिएका जनता भन्छन् - 'हामीलाई कसैले वास्ता गरेका छैनन्'

'संघीयताका नारा सुनेर रिस मात्र उठ्छ'
tribeni2

- गोपालसिं खड्का

रुकुम पश्चिम / मुलुक संघियतामा गएपछि सिंहदरवार गाउँमै आएको भनिएपनि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १० र चौरजहारी नगरपालिका वडा नम्वर १४ को सिमानाका सर्वसाधारणलाई संघीयताको अनूभूति गर्न नपाएको गुनासो छ ।

"भौगोलिक विविधतायुक्त देश नेपाल, हिमाल पहाड तराई कोहि छैनन् पराई, समृद्ध नेपाल सुखी नेपाली" जस्ता नारा सुनेरै अचेल रिस उठ्छ उनीहरुलाई । न उनीहरुको गाउँमा खानेपानी सुविधा छ, न त बिद्युत सेवा । सहज स्वास्थ्य सेवा, नजिकै शिक्षा, सञ्चारको सुविधा त झन् कल्पना गर्ने मात्र हो ।

सानीभेरी गाउँपालिका १० र चौरजहारी नगरपालिका १४ को सिमानामा पर्ने आँसिहर्ने लेकले आँगनमै आएका भनिएका स्थानीय सरकारको समेत अनुभूति गर्न पाएको छैन । न सानीभेरी गाउँपालिकाले सेवा सुविधा दिन्छ न त चौरजहारी नगरपालिकाले । दुबै पालिकाको दुर्गम सिमानामा घर बनाउनुको पीडा उनीहरुले भोगिरहेका छन् ।

'हामी पाँच सात घर छौ तर बिचल्लीमा छौ', स्थानीय बुद्धिराम खड्काले भन्नुभयो- 'संघीयता भनेको के हो पत्तो छैन, न हिड्ने बाटो छ न किन्ने बजार ।' सानोतिनो सामान ल्याउनको लागि चौरजहारीको नाउली वा सानीभेरीको सिम्ली जानुपर्ने बाध्यता रहेको बुद्धिरामको भनाई छ ।

निर्वाचनको बेला भोट माग्न घरदैलो गर्ने नेता कार्यकर्ता चुनावपछि भने एक पटक पनि टोलमा आएका छैनन् । सेवा सुविधा दिने कुरा त परको कुरा हो, भेटघाट समेत गर्न छाडेको स्थानीयहरुको गुनासो छ।

भौगोलिक बिकटता, दुर्गम र पिछडिएको क्षेत्र जहाँ बस्ती छ तर सुबिधा छैन । स्वास्थ्य समस्या हुँदा स्वास्थ्य चौकी होस् या मेडिकलमा जानका लागि पैदल यात्रा गर्न समेत कठिनाइ हुने बाटो रहेको छ । बालबालिकाहरु विद्यालय पढ्न टाढा भएकोले धौ धौ सँग जाने गरेका छन् ।

राज्यले पुर्‍याउने स्वास्थ्य, शिक्षा सँगै यातायात सुविधाको लागि स्थानीय सरकारले ध्यान दिएर दैनिकी सहजताको लागि स्थानीयले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्