Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भरतपुर अस्पतालमा बजेट अभाव

६ सय कर्मचारी तलवविहिन
चितवन २७ फागुन
tribeni2

चितवनको भरतपुर सरकारी अस्पतालमा संघीय सरकारले बजेट विनियोजन नगर्दा अस्पताल सञ्चालनमै समस्या भएको छ । बजेट अभावका कारण विगत २ महिनादेखि ६ सय कर्मचारीले तलव नपाएको गुनासो गरेका छन ।

अस्पताल प्रदेश सरकार कि संघिय सरकार मातहत रहने भन्ने केहि समय अघि देखिएको अन्यौलताले गर्दा अहिले समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा कृष्ण पौडेलले बताए । उनका अनुसार अन्यौलता हटेर अस्पताल संघीय सरकार मातहत रहने भए पनि बजेट आउन ढिलाई भएको छ । अस्पताल अहिले विशिष्ट विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा स्तरोन्नती भई संघिय सरकार मातहत रहेको छ ।

अस्पतालका सुचना अधिकारी गोपाल पौडेलकाले चालु आर्थिक वर्षको भदौमा आएको ६ करोड ५० लाख बजेट पौषमा सकिएपछि त्यसयता कर्मचारीले तलव पाएका छैनन । अस्पतालमा विकास समिति अन्तर्गतका ज्यालादारी, थाई, करारका गरी ४ सय भन्दा बढी कर्मचारी र १७५ जना सरकारी दरवन्दीका कर्मचारी कार्यरत छन । उनिहरुको तलवमा महिनामा १ करोड बढी खर्च हुनेगरेको अस्पतालले जनाएको छ ।

पौडेलका अनुसार अस्पतालले विरामी जाँच, ल्याव, एक्स्रे, भिडियो एक्स्रे लगायत विरामिको उपचारबापतको सुल्क, अस्पताल परिसरमा सञ्चालनमा रहेको ३ वटा फार्मेसीबाट र सटर भाडाबाट आम्दानी गर्नेगर्दछ । यस्तै जग्गा भाडामा दिएबापत पुरानो मेडिकलले दिनुपर्ने २ करोड २१ लाख ४६ हजार ५ सय ३ रुपैँया अस्पताललाई दिन आनाकानी गरीरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ०८:०३
प्रतिक्रिया दिनुहोस्