Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पृथ्वी जयन्तीको अवसरमा विरामीलाई पोषिलो खाजा वितरण

tribeni2

रुकुम पुर्व / आज जिल्ला स्वास्थ्य कार्यालय रुकुम पुर्वमा रहेका विरामीहरुलाइ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पोषिलो खाजा वितरण गरेको छ।

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्तीको अवसर पारेर मंगलबार बिहान अस्पतालमा रहेका विरामीहरुलाइ जिल्ला अध्यक्ष सुधीर विक्रम शाहको नेतृत्व तातो दुध, पाउरोटी तथा फलफुल वितरण गरिएको राप्रपा जिल्ला सहसचिव रिसिकेश शाहले जानकारी दिनुभयो।

राष्ट्रिय स्वाभिमानका सबै ध्रुवहरुलाइ एउटै छाता मुनि जोड्ने उद्देश्यका साथ रुकुम पुर्वमा पनि विरामीलाई पोषिलो खाजा वितरण गरेर पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको शाहले बताउनुभयो।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्