Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघद्धारा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम

tribeni2

रुकुम पश्चिम/नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सभाहलमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्लाका सबै कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा जिल्लाका सबै सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसिले कोभिड १९ ले गत वर्षहरुमा जिल्लामा पारेको प्रभावलाई समिक्षा गर्दै अहिलेको भेरियन्ट ओमिक्रोनबाट बच्नका लागि कस्ता सुरक्षात्मक उपायहरु अपनाउन सकिन्छ भन्ने विषयको उठान गर्न र आगामी दिनहरुमा स्थानीय तह तथा सरोकारवालाहरुले  कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि योजना बनाइ अगाडि बढ्नका लागि यो अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागिहरु बिच कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि छलफल चलेको छ । यसै क्रममा कोभिडको नियन्त्रणका लागि आफ्नो पुर्व तयारीको अवस्थाको बारेमा सरोकारवाला निकाय सबैले जानकारी दिनुभयो भने सरोकारवालहरुबाट कोभिड रोकथाम तथा नियन्त्रण गर्नका लागि गर्न सकिने सहयोगको समेत प्रतिबद्धता जाहेर गरिएको थियो ।


मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता, पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको अध्यक्षता, उपाध्यक्ष सिजन बाठाको स्वागत मन्तव्य र सचिव हिरा परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्