Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हातमा पासपोर्ट र भिजा बोक्नेहरुको बिचमा कृषि अङ्गालेका प्रताप शाही

tribeni2

रुकुम पश्चिम/  आजभोली हातमा पासपोर्ट र भिसा बोकेर त्रिभुवन विमानस्थलमा लाइन लाग्नेहरूको संख्या निकै हुने गरेको छ ।

घरको जग्गा बेचेर वा जग्गा धितो राखेर विदेशिने उत्तिकै छन् । धेरै युवाहरूको चाहना हुन्छ विदेश जाने राम्रो कमाई गर्ने अनि सुखद् जीवन यापन गर्ने । तर, रुकुम पश्चिमका एक युवा भने स्वदेशमै कृषि पेशा गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ५ गोतामकोट निवासी ३३ वर्षीय प्रताप शाही  अहिले कृषि पेशाबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । आफ्नै जग्गामा बहुउद्देश्य कृषि फर्म सञ्चालन गरेर मासिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।    १२ बर्ष मा विभिन्न एयरलाइन्स काम गर्दै गर्दा मकालु एयरलाइन्स को स्टेशन इन्चार्ज रहेर काम गरेको

१२ वर्ष विभिन्न एयरलाइन्स कम्पनीमा काम गरि मकालु एयरलाइन्सकाे  स्टेशन इन्चार्ज रहेर काम  गर्नु भएका शाही अहिले  आफ्नै जग्गामा कृषि व्यवसाय गर्न पाउँदा निकै खुशी हुनुहुन्छ । ‘आफूले उत्पादन गरेको बस्तु अरुले खाएको देख्दा पनि निकै आनन्द लाग्छ,’ उहाँले भन्नुभयो, ‘कृषिमा आम्दानी हुँदैन भन्ने कुरा गलत हो, मैले अहिले राम्रो आम्दानी गरेको छु ।

उहाँले १५ कट्ठा क्षेत्रफल जग्गामा फलफूल बोट बिरुवा लगाउनुभएको छ । उहाँले २०६७ सालमा साढे तीन सय सुन्तला र दुई सय ५० कागती रोप्नुभएको थियो । अहिले ती फलफूल उत्पादन शुरु भइसकेको छ । यस वर्ष मात्रै उहाँले डोल्पाको दुनै सम्म आफ्नो उत्पादन बिक्रीका लागि लैजानुभएको थियो । उहाँले यस वर्ष मात्रै कागती ७ कुन्टेल र ९ क्विन्टल सुन्तला बिक्री गर्नुभएको छ ।

सुन्तला र कागती उत्पादन शुरु भएको दुई वर्ष भएको छ । कागती र सुन्तलाबाट मात्रै वार्षिक एक लाख ५० हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । शाहीले सोही जग्गामा उखु लगाउनुभएको छ । यसवर्ष एक लाख रुपैयाँ बराबरको उखु उत्पादन भएको छ । त्यसैगरी बचेको जग्गामा अदुवा, बेसार, मुला र साग उत्पादन भइरहेको शाहीले जानकारी दिनुभयो । उहाँले शुरुमा तीन ओटा बाख्राबाट शुरु गरेको बाख्रा पालन व्यवसाय पनि अहिले निकै फष्टाएको छ । अहिले उहाँसँग ६५ ओटा बाख्रा छन् ।

स्थानीय खरी, बाबरी, जमुनापारी जातका बाख्रा पालिएको शाहीले जानकारी दिनुभयो । आगामी दिनमा उन्नत जातको बयर बाख्रा पाल्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । शाहीले सोही स्थानमा मौरी पनि पालन गर्नुभएको छ । त्यसैगरी बचेको जग्गामा केरा र अनार खेती गरिएको शाहीले बताउनुभयो ।

रोयल कृषि पशुपक्षी पालन फर्म दर्ता गरेका उनले हालसम्म सो व्यवसायका लागि २६ लाख रुपैयाँ लगानी गरिसक्नुभएको छ । साढे सात लाख खर्च गरेर बाख्राको खोर बनाएको शाहीले बताउनुभयो । उहाँले प्रदेश कृषि मन्त्रालयबाट बाख्रा खरिदका लागि साढे दुई लाख अनुदान लिनुभएको थियो ।

अहिले सबै व्यवसायबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । कृषि व्यवसायमा परिवारका ९ जना सदस्य नै जोडिनुभएको छ । कृषि व्यवसायबाट कमाई गरेर उहाँले छोरीलाई बोर्डिङ स्कुलमा पढाई रहनुभएको छ । ‘मैले विगतमा प्राइभेट कम्पनीमा काम गरे, अहिले आँफै कृषि व्यवसाय गर्दा निकै आनन्दित भएको छु,’ शाहीले भन्नुभयो, ‘मलाई परिवार छाडेर विदेशमा कमाउनुभन्दा स्वदेशमै केही गर्न मन लाग्यो ।’ सरकारले युवाहरुलाई कृषिमा प्रोत्साहनको कार्यक्रमहरु ल्याउनुपर्ने उहाँको भनाई छ ।

युवाहरुले पनि स्वदेशमै उत्पादनमुलक काममा ध्यान दिनुपर्ने शाहीले धारणा व्यक्त गर्नुभयो । रेमिट्यान्सले मात्र मुलुकको दीगो विकास हुन नसक्ने भएकाले कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्