Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व सिस्ने गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न, चार वटा विधेयक पारित

२०७८ पुस २८
tribeni2
 रुकुम पुर्व /सिस्ने गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय सिस्ने ५ मा सञ्चालन भएको गाउँसभाले ४ वटा विधेयक र अन्य केहि महत्वपूर्ण निर्णयहरुलाई पारित गरेको छ ।
गाउँसभाले खानेपानी तथा सरसफई र स्वच्छता विधेयक २०७८, भूमि विधेयक २०७८, कृषि तथा पशुपन्छि विधेयक २०७८ र वन व्यवस्थापन विधेयक २०७८, पारित गरेको गाउँपालिकाका प्रवक्ता एवम् सिस्ने २ का वडाध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।
गाउँसभाले गाउँपालिका भित्रका विद्यालयका बाल विकास सहजकर्ता र स्वयमसेवको तलवमान वृद्धि प्रस्तुत गर्नुका साथै त्यस प्रस्तावलाई पनि पारित गरेको छ ।
यस्तै संघ सरकारमा पेश गर्नुपर्ने समपुरक अनुदान र विशेष अनुदानको योजना पारित भएको छ भने संघ सरकार र प्रदेश सरकारमा माग गर्ने योजनाहरु पनि पारित भएका छन् । चालु आर्थिक वर्षमा स्विकृत भई संशोधनको लागि कार्यपालिकाबाट निर्णय भई गाउँसभामा पेश भएका योजनाहरु पनि संशोधनसहित पारित भएको गाउँपालिकाका प्रवक्ता केसीले बताउनुभयो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष कुमारी बरालले स्थानीय तहको स्थापना भएदेखि अहिलेसम्म गाउँपालिकाले गरेका कामकाजहरुको संक्षिप्त रुपमा जानकारी गराउनुभएको थियो ।।
 
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्