Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माल्पे - खरेखोला जोड्ने झोलुङगे पुल पुर्व अर्थमन्त्री द्वारा उद्घाटन

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान/सल्यानको बनगाड कुपिण्डे वडा नं १ बनगाड खोलामा खारखेत मुहान माल्पे, खरेखोला जिउला जोड्ने झुलुङे पुल उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा समाजवादीका उप महासचिव प्रकाश ज्वालाले यहि पौष २८ गते उक्त पुलको उद्घाटन गर्नुभएको हो । ४ सय २० घरधुरीका करिव २१ सय जनसंख्या लाभान्वित हुने अपेक्षा लिएको छ । ७३ लाख ७९ हजार ५ सय ४९ रुपैया लागतमा उक्त पुलको निर्माण कार्य सम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बर साहुले जानकारी दिए ।

पुर्वाधार विकास कार्यालय सल्यानको करिव ६६ लाख, स्थानीय निर्माण सामग्री १ लाख ४७ हजार र समाजिक तथा प्राविधिक सहयोगका लागि गैरसरकारी संस्था शारदाको तर्फबाट ६ लाख १९ हजार वजेट खर्चिएको पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनको भनाइ रहेको छ । कोभिडको बिचमा सामग्री अभावले निर्माणकार्यमा निकै सकस भएको भएता पनि पुल समयमै सम्पन्न भएको पुनको भनाइ रहेको थियोे । पुल निर्माणकार्यमा पुर्वाधार विकास कार्यालय सल्यानको महत्त्वपूर्ण भुमिका रहेको जनाइको छ ।

१ सय मिटर लम्बाइ रहेको पुलको २०७६ माघमा सम्झौता भइ २०७७ माघमा सम्पन्न भएको थियोे । गाउँ जोड्ने झुलुङे पुल उद्घाटन गर्ने खारखेत पुगेका पुर्व अर्थ मन्त्री ज्वालाले विकासमा राजनीतिक साझेदारी हुनुपर्नेमा जोड दिए । उक्त क्षेत्रको संसद नभए पनि अर्थ मन्त्री हुदा ज्वालाले सल्यान पश्चिमका थुप्रै विकास निर्माण क्षेत्रमा वजेट विनियोजन गरेका थिए । विकासमा सहयोग, साझेदारी र अपन्वत्व हुनुपर्नेमा ज्वालाको जोड थियोे । उनी कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री भए पछि स्थानीयले पुल माग गरेका थिए । त्यसै गरि पुल उद्घाटन कार्यक्रम बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले स्थानीय स्तरमा हुने विकास निर्माणकार्यमा दिगोपन हुनुपर्ने त्यसको लागि उपभोक्त सजग हुनुपर्ने धारणा राखेका थिए ।

वजारबाट पैदल हिडुल गर्ने खेतीपातीमा कामकाजमा हिड्ने कृषक, पशुचौपाय बनगाड खोलामा वर्षातमा पानीको सतह वढे पछि आवतजावत गर्न कठिनाइ हुने गर्दैथ्यो । खोला वढे पछि आवतजावतमा समस्या थियोे । झुलुङे पुल वनेसँगै यसले सहजता थपेको छ । कार्यक्रममा १ नम्बर वडा अध्यक्ष शान्त कुमार यरि, समाजवादिका नगर अध्यक्ष रविराज शर्मा, नगर इन्चार्ज गणेश विसि, टोपवहादुर विष्ट, राप्रपाका क्षेत्रिय अध्यक्ष शिव वलि लगायत स्थानीयको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्