Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चट्याङ लागेर चारजना घाईते, तीन जनाको अवस्था गम्भिर

tribeni2

रुकुम पश्चिम / बुधबार साँझ चट्याङ लागेर रुकुम पश्चिममा चार जना घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकामा वडा नम्वर ९ की ४० बर्षिय रेवती कामी, सोहि गाउँपालिका वडा नम्बर ७ का ७३ बर्षका बिरपत खड्का, ५३ बर्षकी मनकला ओली र ३४ बर्षकी झरना डाँगी चट्याङ लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक शर्माका अनुसार घाईते मध्य बिरपत, मनकला र झरनाको अवस्था गम्भिर भएपछि उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ । रेवतीको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

चट्याङ लागेर वडा नम्वर ७ का गुमानसिंह ओलीको घरमा भएको वाईरिङ तार जलेको र घरका भित्ताहरु चर्केको बताईएको छ । त्यसैगरी चट्याङ लागेर वडा न ९ का मानसिङ के सी का ३ ओटा बाख्रा मरेको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्