नेभिगेशन
कला/साहित्य

गजल

बोल्दा फिटिक्कै पैसा नलाउने बोली देउ
सताईरहने तिम्रो झल्को, मेटाउने बोली देउ

तिखा वचनले छाति चरक्कै चिरिन्छ यार
आखामा सजाउने मुटुमा लुकाउने बोली देउ

तिमिसंग खटपट भएदेखी बौलाएकी छु
ए प्रिय, यो रोग निको बनाउने बोली देउ

तिम्रो मुटु, तिम्रो संसार मागेकी होईन
भनेकी हुँ मुटुकै बाटो भै आउने बोली देउ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य