Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मालपोतको सेवा प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण

tribeni2

रुकुम पश्चिम / मालपोत कार्यालय रुकुम पश्चिमको सेवा प्रभावकारी नभएको भन्दै लेखापढी कानून व्यवसायीहरुले ध्यानापकर्ष पत्र बुझाएका छन् । लेखापढी कानून व्यवसायी एशोसियसन रुकुम पश्चिमले आज प्रमुख जिल्ला अधिकारी मार्फत भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

एशोसिययनका अध्यक्ष भिमबहादुर खड्का सहित लेखापढी कानून व्यवसायी र सेवाग्राहि समेतले प्रमख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले मालपोतमा सुरु गरिएको अनलाईन सेवा प्रभावकारी नभई सेवाग्राहिले सास्ती पाएको भन्दै सुधारको माग गरेर ध्यानाकर्षण गराएका हुन् ।

चालु आर्थिक वर्षको साउन महिना देखि मालपोत कार्यालयले अनलाईन सेवा सुरु गरेको थियो । तर, कहिने नेट नचल्ने, कहिने बत्ति नहुने र कामका लागि आएका सेवाग्राहिहरु हप्ता दिनसम्म कार्यालय धाउनुपर्ने बाध्यता रहेको जनाउँदै एशोसियशनका अध्यक्ष खड्काले पाँच बुदे ध्यानाकर्षण पत्र बुझाईएको उल्लेख गर्नुभयो ।

ध्यानाकर्षण पत्रमा निमित्त कार्यालय प्रमुख हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै यथासिघ्र कार्यालय प्रमुखमो माग गरिएको छ । 

त्यसैगरी ध्यानाकर्षण पत्रमा कार्यालय समयमा निमित्त प्रमुखले मादक पदार्थ सेवन गरी सेवाग्राहिलाई दुख दिएको, अपशब्द र दुव्र्यवहार गर्ने गरेको, निजामती कर्मचारीको आचारसंहिता विपरितका गतिबिधिहरु गरिरहेको भन्दै नियमित अनुगमन गरेर आवश्यक कारबाहिको समेत माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्नुहुदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मालपोतको सेवा प्रवाह बारे ध्यानाकर्षण भएको भन्दै आजै मन्त्रालयमा पत्र पठाएर केहि दिनमै समस्या समाधान केन्द्रित रहने जनाउनुभयो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्