Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एनआइसि एसियाद्वारा बिमा राहत रकम हस्तान्तरण

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / एनआइसी एसिया लघुवित्त वित्तीय संस्था सल्लीबजारले मृत्यु दाबी बिमाको राहत रकम हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमका बिच सस्थाका शाखा प्रमुख अर्जुन विकले तीन जना पीडित परिवारलाई बिमा राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी पवित्रा भडेल श्रेष्ठको श्रीमान् शैलेन्द्र दास श्रेष्ठको कोरोनाका कारण मृत्यु भएको थियो । उहाँको श्रीमतीलाई ५७ हजार २ सय रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

त्यसैगरी रिपनी कामी श्रीमान् दुर्गे कामी पनि कोरोनाले वैशाखमा मृत्यु भएको थियो । त्यसैगरी चन्द्रकला कठायतको श्रीमान् प्रेम कठायतको पनि क्यान्सरले मृत्यु भएको थियो । उहाँहरु दुबै जनालाई २८ हजार ६ सय रुपैयाँ बिमा राहत स्वरूप दिईएको छ ।

सस्थामा आवद्ध समूहका सदस्यहरूका अभिभावकहरूको मृत्यु भएकोले उनको परिवारलाई राहत स्वरूप थोरै रकम भए पनि हस्तान्तरण गरिएको शाखा प्रमुख विकले जनाउनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्