Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छोरीको स्मृतिमा बिद्यालयमा अक्षय कोष स्थापना

tribeni2

रुकुम पश्चिम / जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ६ मा रहेको श्री जनशक्ति माध्यमिक बिद्यालयमा एक अक्षय कोषको स्थापना गरिएको छ ।

सोहि स्थानका अमर पुनले आफ्नी छोरी कल्पना पुनको स्मृतिमा उक्त अक्षय कोष स्थापना गर्नुभएको वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो । कल्पना पुन स्मृति अक्षय कोषको नाममा सञ्चालन हुने गरि आज अमर पुनले बिद्यालयलाई ३० हजार रकम हस्तान्तरण गर्नुभएको हो ।

वडा अध्यक्ष राजेन्द्र पुन र बिद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर पुनलाई अमरले चेक हस्तान्तरण गरेर अक्षय कोषमा रकम जम्मा गर्नुभएको हो ।

२०७८ जेठ ५ गतेका दिन काठमाडौंबाट रुकुम आउदै गरेको बस दाउन्नेमा दुर्घटना हुँदा कल्पना पुन मगरको मृत्यु भएको थियो ।

अल्पआयुमै ज्यान गुमाएकी छोरीको सम्झनामा उहाँका बुवाले कल्पनाले अध्ययन गरको बिद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्