Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कलाकार शोभाकरको शव सडक किनारको खाल्डोमा भेटियो

tribeni2

बुटवल / कलाकार शोभाकर पन्थको शव रुपन्देहीको बुटवलको सडक किनारको खाल्डोमा फेला परेको छ ।

गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आउनुभएका पन्थ आज बिहान मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आउनुभएको थियो ।

उहाँसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उहाँलाई आइतबार बिहान मात्रै स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्