Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साहित्यका नाममा गाडिमा 'उत्तेजित' अभिव्यक्ति लेख्न नपाईने

दश दिन भित्र सवारी साधन दर्ता तथा नविकरण गरिसक्नुपर्ने
tribeni2

रुकुम पश्चिम / यातायातका साधनहरुमा उत्तेजित अभिव्यक्ति लेख्ने, साहित्यिक लेखनका नाममा उच्छृङखल तथा सामाजिक सद्भाव विपरितका भनाईहरु लेख्ने कार्यलाई निरुत्साहित गरिने भएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा यातायात व्यवसायी र सरोकारवाला बिच बसेको बैठकले यात्रुवाहक, मालवहाक तथा निजि सवारी साधनहमा मापदण्ड विपरित उत्तेजित अभिव्यक्ति लेख्ने, साहित्यिक लेखनका नाममा उच्छृङखल तथा सामाजिक सद्भाव विपरितका भनाईहरु लेख्ने कार्यलाई निरुत्साहित गर्ने गराउने निर्णय गरिएको हो ।

यस खालका प्रवृति बढेको भन्दै गृह मन्त्रालयबाट पनि पत्राचार भएकोले सवारी साधनमा अस्वभाविक रंग रोगन गर्ने प्रवृतिलाई समेत निरुत्साहित गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

बैठकले जिल्लामा सञ्चालित बिभिन्न सवारी साधनहरुको आवश्यक कागजात चुस्त दुरुस्त राख्न १० दिनको समय सिमा तोकेको छ । सवारी साधनहरुलाई हर हालतमा चालु अवस्थामा राख्न र दर्ता नवीकरण लगायतका प्रशासनिक कार्य समयमै गर्न जिल्ला यातायात व्यवस्था सम्बन्धि बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले तोकिएको भाडादर भन्दा बढी भाडा नलिने र कोरोना भाईरसको संक्रमणदर बढिरहेकोले स्वास्थ्य सुरक्षाका मादण्डहरु कडाईका साथ पालना गर्ने र गराउने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, जिल्लामा सञ्चालित यातायात प्रा.लि.का प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्