Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नगरपालिकाका लेखापाल माथी कुटपिट

tribeni2

सल्यान / सल्यानको बागचौर नगरपालिकामा कार्यरत लेखापालमाथि कुटपिट भएको छ ।

नगरपालिकाको आर्थिक, प्रशासन शाखामा कार्यरत लेखापाल प्रदिप डिसीमाथी आईतबार स्थानीय टिकाराम ओलीले कुटपिट तथा दुव्र्यवहार गरेको बिज्ञप्ती मार्फत नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले जारी गरेको बिज्ञप्ती अनुसार आइतबार कार्यालयको कामको शिलशिलामा बागचौर नगरपालिका वडा नं. ७ मा पुगेका लेखापाल डिसीमाथी दुव्र्यबहार तथा कुटपिट भएको हो । नगरपालिकाले दोषिलाई कारवाही माग गरेको छ ।

कार्यालयको कामको शिलशिलामा त्यहाँ पुगेका लेखापाललाई बिच बाटोमै रोकेर कुटपिट गरिएको र लेखापाल डिसी चढेको मोटरसाइकल र अन्य सामानमा समेत क्षति पुर्याइएको पनि नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत  कठायतले कर्तव्य पालनाको सिलसिलामा रहेका एक राष्ट्रसेवक कर्मचारी माथी भएको घृणित र कायरतापुर्ण हर्कतको घोर भत्सर्ना गर्दै घटनामा संलग्न दोषी उपर कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको माग गरिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्