Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली प्रदेशको राजधानीबाट पहिलो पटक विद्युतीय राहदानी वितरण

अव हस्तलिखित राहदानी विस्थापित हुने
tribeni2

सुर्खेत / कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पहिलो पटक विद्युतीय राहदानी वितरण गरिएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमवार वीरेन्द्रनगर नगरपालिका ८ का गीर्वाणबाबु मल्ललाई पहिलो विद्युतीय राहदानी प्रदान गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी रिजालले यस पटक १ सय १८ जनाको विद्युतीय राहदानी आएको बताउँदै अव प्रशासनिक काम डिजिटल प्रविधिबाट गर्न थालिएको जानकारी दिनुभयो। प्रजिअ रिजालले विद्युतीय राहदानीले समय, बजेटमा मितव्ययीता बढाउने, झन्झट कम हुने लगायतका फाइदा भएको बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी रामबहादुर बुढाले ११ दिनको अवधिमा विद्युतीय राहदानी सुर्खेत आइपुगेको जानकारी दिनुभयो। उहाँले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गरेपछि त्यसैको आधारबाट विद्युतीय राहदानी बन्ने जानकारी दिनुभयो ।

विद्युतीय राहदानी वितरणपछि अव हस्तलिखित राहदानी विस्थापित हुने बताईएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्