Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पातिहाल्ने डाडाँमा खेल मैदानको काम अन्तिम चरणमा

tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १२ पातीहाल्ने डाँडामा खेल मैदान निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।

गत मंसिर २७ गतेबाट निर्माण कार्य सुरु भएको खेल मैदानको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको २५ लाख लागतमा खेलमैदान निर्माण हुन लागेको हो ।

नगरपालिकाको एक वडा एक खेल मैदान अभियान अन्तरगत १२ नम्बर वडामा खेल मैदान निर्माण हुन लागेको हो । ५ वटा वडालाई लक्षित गरेर खेल मैदान निर्माण भइरहेको र निमार्णको काम लगभग अन्तिम चरणमा पुगेको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

यो खेल मैदानको १ सय मिटर लम्वाई र १ सय ४० मिटर चौडाई रहेको बर्ताइएको छ । यो खेल मैदान निर्माणका लागि स्थानीय काली बहादुर डाँगी, महाबिर डाँगी, प्रेमबहादुर डाँगी र गमबहादुर डाँगीले २ हजार ६ सय बर्गमिटर जग्गा दान गर्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्