नेभिगेशन
राजनीति

खोलागाउँमा २२ औ चिनबहादुर स्मृति दिवस सम्पन्न

रुकुम पश्चिम / सोमबार चौरजहारी नगरपालिकाको खोलागाउँ चौफामा २२ औं चिनबहादुर रोका स्मृति दिवस मनाईएको छ ।

नेकपा एमाले चौरजहारी नगरकमिटिको आयोजनामा २२ औं चिनबहादुर रोका स्मृति कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहिद चिनबहादुर रोकाको फोटोमा माल्यार्पण गरिनुका साथै उहाँको राजनीतिक तथा सामाजिक योगदान माथी चर्चा गरिएको थियो ।

स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य नारायण शाह, नेकपा एमाले रुकुमका अध्यक्ष नन्दराम देवकोटा, निवर्तमान जिल्ला संयोजक टंक ओली, जिल्ला उपाध्यक्ष मनवीर घर्ती, सचिव शशिराम परियारले मन्तव्य राख्नुभएको थियो ।

एमालेप्रति आस्थावान रोकाको तत्कालिन माओवादीद्धारा २०५६ सालमा हत्या गरिएको थियो ।

स्मृति सभा सँगै नेकपा एमाले चौरजहारी नगर कमिटी रुकुम पश्चिमको तेस्रो नगर कमिटी बैठक समेत गरिएको नगर अध्यक्ष अतिराम ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति