Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लेखापाल कुट्ने 'गैती डन' पक्राउ

tribeni2

सल्यान / जिल्लाको बागचौर नगरपालिकामा कार्यरत लेखापाल माथी कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

लेखापाल प्रदीप डिसी माथी कुटपिट तथा दुर्व्यवहार गर्ने बागचौर नगरपालिका ७ का 'गैती डन' भनेर चिनिने टिकाराम वलि सोमबार नै पक्राउ परेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

कामको शिलशिलामा आइतबार दिउँसो साढे ४ बजेतिर बागचौर नगरपालिका ७ बाट थारमारेतर्फ मोटरसाइकलमा फर्किदै गरेका लेखापाल डिसीमाथी मोटरसाइकल रोकेर वलिले हातपात तथा दुर्व्यवहार गरेका थिए ।

हातपात गर्ने वलिलाइ इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको छ । वलिले केहि समय पहिला अर्का एकजनालाइ गैती प्रहार गरेपछि उनले आफैलाइ गैती डनको रुपमा परिचय दिन थालेका थिए ।

लेखापाल डिसीमाथी भएको हातपात तथा दुर्व्यवहारको बागचौर नगरपालिकाले बिरोध जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्