Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नामकरण टुङ्ग्याउन नसकेको एक्लो प्रदेश

tribeni2

सातमध्ये ६ वटा प्रदेशले प्रदेशको नामकरण टुङ्ग्याइसकेका छन् । सातवटै प्रदेश एकसाथ स्थापना भए पनि प्रदेश १ ले भने अहिलेसम्म नाम पाउन सकेको छैन ।

पाँच प्रदेशले यसअघि नै नामकरण गरिसकेका थिए भने सोमबारमात्र प्रदेश २ ले पनि प्रदेशसभाबाट प्रदेशको नाम ‘मधेस’ पारित गरेको छ । योसँगै नामकरणमा पछि परेको प्रदेश १ मात्रै छ।

दलहरु बिच सहमति नबन्दा प्रदेश १ को नामकरण थाँती रहँदै आएको छ । प्रदेश १ को राजधानी विराटनगर कायम भए पनि नामकरणबारे दलहरुबीच मतैक्यता छैन । प्रदेशको नाम भूगोल, पहिचान कि सभ्यताको आधारमा राख्ने भन्नेबारे दलहरुबीच विवाद छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्