Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आर्थिक रुपले बिपन्न ६ जना बालवालिकालाई न्यानो कपडा र नगद सहयोग

tribeni2

 कैलाली जिल्लाका विभिन्न वडाका ६ जना अनाथ असहाय तथा विपन्न बालबालिकालाई न्यानो कपडा तथा नगद सहयोग हस्तान्तरण गरिएको छ ।

विगत केही दिन देखि बढ्दै गएको चिसोका कारण लत्ता कपडा नभई अप्ठरोमा परेमा वालवालिकालाई युनिसेफ नेपालको सहकार्यमा बासले उक्त सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका गौरीगंगा नगरपालिका वडा नम्बर ९ को जनता आधारभूत विद्यालयमा अध्ययनरत प्रकाश सिजाली मगर र द्रोपती सिजाली मगरलाई लत्ताकपडा सहयोग गरिएको छ।

बाजे बज्यैको संरक्षणमा रहेका ति बालवालिकाहरु कपडा र जुत्ता नभएको जानकारी भएपछि उनीहरुलाई न्यानो लुगा, जुत्ता, स्कुल पोसाक लगाएका सामाग्री उपलब्ध गराएको छ ।

जंगलको किनारमा सानो कच्ची घरमा बस्दै आएका उनीहरुलाई घरमै भेटेर गौरीगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हरी प्रसाद तिवारीले सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण पश्चात बोल्दै वडाध्यक्ष तिवारीले वडाले गर्नुपर्ने काममा बासले गरेको सहयोग प्रशंसनिय भएको बताएका थिए ।

उनले आफ्नो वडामा रहेका विपन्न बालवालिकालाई सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेका छन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष हरी प्रसाद तिवारी, परियोजना संयोजक हेमराज भट्ट, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक ममता बिष्ट, बास कैलालीका कोषाध्यक्ष यसोदा बराल, परियोजनाका कर्मचारी तेज बोहरा लगाएतको उपस्थिति रहेको थियो ।

बुवा आमा नभएका ति वालवालिकालाई बाजे बज्यैले गिट्टी कुट्दै पालनपोषण गर्दै आएका छन् । यसैगरी सोही नगपालिका वडा नम्बर ३ का असहाय महिला लक्ष्मी टमट्टाका छोराछोरी शङकर टमट्टा र सम्झना टमट्टालाई घरमै पुगेर आर्थिक सहयोग गरिएको छ ।

घरमा खाद्यान्न लगायतको अभावले वालवालिका समेत भोकै बस्ने अस्था सिर्जना भएको जानकारी भएपछि बासले बाल संरक्षण कार्यक्रम अन्तरगत वालवालिकाका लागि ५ हजार आर्थिक सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जगत राम चौधरीले नगद सहयोग रकम वालवालिकाकी आमा लक्ष्मी टमट्टालाई हस्तान्तरण गरेका थिए । यस्तै गरी लम्कीचुहा नगरपालिका वड नम्बर १ का विपन्न परिवारका चेतन टमट्टा र जानकि टमट्टालाई न्यानो कपडा तथा नगद सहयोग गरिएको छ ।

कक्षा ४ र ५ मा अध्यनरत ति वालवालिकालाई न्यानो कपडा तथा उनका दाई सुरेन्द्र टमट्टालाई नगद हस्तान्तरण परियोजना संयोजक हेमराज भट्टले हस्तान्तरण गरेका थिए । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अन्तरगत बालवालिका सहयोग कार्यक्रमबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्