Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जुम्ल्याह बच्चा जन्माएकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

tribeni2

रुकुम पश्चिम / दुई ओटा बच्चा जन्माएकी सुत्केरी महिलाको उद्धार गरिएको छ ।

जाजरकोटको कुशे गाउँपालिका वडा नम्वर ५ निवासी २५ वर्षिय सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको हो ।

स्थानीय स्वास्थ्य संस्थामा दुइ वटा जुम्ल्याह छोराको जन्मदिएकि रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गत पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना गरिएकि सरस्वतीको शरिरमा कडा खालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान विरामीका आफन्तलाई दिएको सल्लाह दिएको थियो ।

सुत्केरी महिलाका दुइ जुम्ल्याह छोराको स्वास्थ्य अवस्था भने सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ । कमजोर आर्थिक अवस्था भएकी उहाँको उद्धारको लागि सोही गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष गोपाल नेपालीको पहल गर्नुभएको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएकाे हो ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्