Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जीवन बीमा

यसकारण बीमा गर्न बिलम्ब नगरौं

आर्थिक बचत, मुनाफा र जीवन सुरक्षाको ग्यारेन्टी बीमामा हुन्छ
tribeni2
  • ब्युँझना पुन देवकोटा

हाम्रो जीवन अनिश्चित छ, हामी अनिश्चिततामा छौँ । तर पनि संसारमा त्यस्तो मान्छे नै छैन जसले आफ्नो र आफ्नो सन्ततिको सुनौलो र सुनिश्चित भविष्य नचाहोस् । यहाँ हरेक मानिसलाई आफ्नो भविश्यको चिन्ता छ। सुनौलो भविष्य निर्माणमा तछाड मछाड चलिरहेको छ।

स्वभावैले आफ्नो र भविष्यको विषयमा गम्भीर हुनु विवेकशील प्राणीमा हुनुपर्ने महत्वपूर्ण गुण हो। हामीले हाम्रो जीवनमा आइपर्ने हरेक अप्ठ्यारो परिस्थितीको सहज रुपले सामना गर्न सक्ने उत्तम उपाय खोजिरहेका छौँ। त्यो उत्तम उपाय भनेको जीवन बीमा गर्नु हो। जहाँ आर्थिक बचत, मुनाफा र जीवन सुरक्षाको ग्यारेन्टी हुन्छ।

जीवन बीमा मानव जीवनका लागि असल सारथी बन्न सक्ने कुरामा कुनै द्विविधा छैन । तथापि बीमाको विषयमा सबै वर्ग, समुदाय र दुरदराजका क्षेत्रमा पहुँच विस्तार भने हुन सकेको छैन। बीमितले बिमा गर्नुपूर्व बीमा कम्पनी कानुनी मान्यताप्राप्त छ छैन ? जीवन बीमा भनेको के हो? जीवनका लागि बीमाको महत्त्व के छ ? भन्ने बिषयमा जानकारी लिन जरुरी हुन्छ।

मानव जीवनमा आकस्मिक रुपमा आइपर्ने हरेक जोखिमहरुको सुरक्षा गर्ने उद्देश्यले वि.स. २००४ साल देखि बीमा व्यवसाय को सुरुवात गरियो। नेपालमा बीमा व्यवसायको विस्तार हुन थालेपछि नेपाल सरकारद्वारा बीमा क्षेत्रको नियमन र प्रवर्द्धन गर्ने उद्दश्यलेले बि. स. २०२५ मा बीमा समितिको स्थापन गरिएको हो।हाल नेपाल सरकारद्वारा संचालित बीमा समिति को मातहतमारही १९ ओटा जीवन बीमा कम्पनीहरुले सेवा प्रवाह गरिरहेका छन्।

बीमीतले बुझ्नैपर्ने कुरा जीवन बीमा भनेको (बीमा ऐन २०४९) का अनुसार बीमा कम्पनी र बीमा गर्ने व्यक्ति बिच भएको कानुनी करार सम्झौता हो । जसमा विमितले आफ्नो जीवनको आयु र अवधिको आधारमा निश्चित रूपले एकै पटक वा किस्ताबन्धी रूपमा पटक पटक गरी कुनै खास रकम (बीमाशुल्क) जम्मा गरे बापत बीमक (बीमा कम्पनी) ले बीमितको मृत्यु भएमा नीजको हकवालाई वा बीमा अवधी पछि बीमितलाई नै कुनै खास रकम प्रदान गर्ने गरी गरिएको कानुनी करार सम्झौता हो।

जबसम्म मानिसले कुनै पनि कुराको आवश्यकता र महत्व बुझ्दैन। तब सम्म त्यसमा जोडिन इच्छा राख्दैन। जहाँ मानिसले आफ्नो सुन्दर र सुनिश्चित भविष्य देख्दछ त्यहाँ आफ्नो लगानी गर्न चाहन्छ। त्यो सुनौलो भविष्यको सुनिश्चितता जीवन बिमाले गर्नसक्छ भन्ने कुराको विषयमा सचेत गराउनु आजको आवश्यकता बनेको छ। आम्दानीको स्रोत बन्द भएमा के गर्ने ? दुर्घटनाबाट अङ्गभङ्ग भए आफ्नो र आफ्नो परिवारको रेखदेख कसले गर्ने ? वृद्ध अवस्थामा खर्चको जोहो कसरी गर्ने ? भन्ने प्रश्न सबैका साझा प्रश्न हुन्। हामी ती सबै प्रश्नको जवाफ बीमाबाट प्राप्त गर्न सक्छौँ।

अझ बुदागत रुपमा बीमाको महत्व यसरी उल्लेख गर्न सकिन्छ ।
१) परिवारको भविष्य सुनिश्चित गर्न।
२) सर्वोत्तम बचतको उपाय अपनाउन ।
३) अनुशासित र नियमित बचत गर्ने बानीको विकास गर्न ।
४) एकमुष्ट रकम निर्माणको आधार तय गर्न।
५) आयकरमा छुटको सुविधा लिन।
६) सन्ततिको उच्च शिक्षा र बिबाहका लागि पूर्वतयारी गर्न।
७) घातक रोग र अङ्गभङ्ग हुँदाको साहारा को निम्ति।
८) परिवार प्रतिको उत्तरदायीत्व निर्वाह गर्न
९) बुढेसकालको साहाराको निम्ति।
१०) व्यक्ति ससमाज र राष्ट्रको आर्थिकस्तर बृद्धि गर्न।
११) रोजगारी सृजना गर्न।

आजको यो एकाइसौँ शताब्दी भौतिक सुबिधा सम्पन्न शताब्दी हो। हामी ती सबै सुविधालाई उपभोग गरेर आरामदायी जीवन बिताउन चाहन्छौं। जति हामीले भौतिक सुबिधाको प्रयोग गरेका हुन्छौँ त्यति नै जीवन र सम्पतिको जोखिम बढिरहेको हुन्छ। कुनै पनि दुर्घटनाले सानो ठुलो, धनी गरीब, आश्रित, अनाश्रीत भन्दैन । परिवारको कुनै सदस्यको आम्दानीसँग परिवारका अन्य सदस्यहरु आश्रित हुन्छन् र उसकै आडमा दिनचर्या चलिरहेको हुन्छ।

जन्मेपछि मृत्यु निश्चित छ। तर, कहाँ कसरी, कतिबेला हुन्छ भन्ने कुरा अनिश्चित छ । मानव जीवनको ठुलो जोखिम भनेको मृत्यु हो। प्राकृतिक प्रकोप, दुर्घटना वा कुनै रोगका कारण मानिसको अकल्पनीय मृत्यु वा पुर्णरुपमा अपाङ्ग हुनसक्ने अवस्था हुनसक्छ।

त्यस अवस्थामा आफ्नो र आफ्नो परिवारलाई ठुलो समस्या आइपर्नसक्छ। त्यसैले समयमै बुद्धि पुर्याई आफ्नो आम्दानीको आधारमा बीमा गरी भविष्यको लागि भरपर्दो बचत को उपाय अवलम्बन गरौँ । कारणबस अकल्पनीय दुर्घटना हुनगएमा आफ्नो र आफूमा आश्रित परिवारको सुनौलो भविष्य सुनिश्चतताका लागि बीमा गर्न बिलम्ब नगरौँ।

(लेखक ब्युँझना, महालक्ष्मी लाईफ इन्सयोरेन्स लि. मुसिकोट कार्यालय रुकुम (पश्चिम) को शाखा प्रमूख हुनुहुन्छ ।)

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्