Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छेडागाडका वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला

tribeni2

जाजरकोट / जाजरकोटको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेर जुत्ताको माला लगाईको छ ।

नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष रामबहादुर केसीलाई नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले कालोमोसो दलेको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले जानकारी दिनुभयो ।

वडाध्‍यक्ष केसीले जनविकास माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा ९ लाख हिनामिना गरेको आरोप लगाउँदै कालोमोसो दलेको दाबी विद्यार्थीले गरेका छन् । यसबाहेक अरु आयोजनामा पनि भ्रष्टाचार गरेको आरोपमा वडाध्‍यक्ष केसीमाथि कालोमोसो दलिएको विद्यार्थीहरुको भनाइ छ ।

कालोमोसो दलेर जुत्ताको माला लगाईएको वडाअध्यक्ष केसीको तस्बिर सामाजिक सञ्जालमा हालिएपछि भाईरल बनेको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्